प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता हुँदै
मंसिर ७, २०८१ शुक्रबार
मोरङ – विराटनगर महानगरपालिकामा दिउँसो झण्डै २ बजेको समयमा कर्मचारीहरु काममा व्यस्त थिए ।
आइतबार भएकोले शुक्रबारका केही काम पनि पूरा गर्नु पर्ने भएकोले कर्मचारीहरु व्यस्त हुनु स्वभाविकै थियो । तर साउन महिना भएको कारण सेवाग्राहीहरु भने कमै थिए । सधैं व्यस्त हुने मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको सचिवालयमा भने कोही थिएनन् ।
महानगरपालिकाका मेयर भीम पराजुली पत्रकार शिवबहादुर कार्कीसँगको कुराकानीमा व्यस्त हुनुहुन्थ्यो । त्यही समयमा एकाएक ठूलो आवाज आएको मेयर पराजुलीले बताउनुभयो ।
एकाएक ठूलो आवाज आएपछि कुनै तार सर्ट भएको वा एसी पड्किएको हुनसक्ने शुरुमा अनुमान आफूले लगाएको मेयर भीम पराजुली बताउनुहुन्छ । तर धुुवाँको मुस्लो र बारुदको गन्ध आएपछि बम पड्किएको थाहा पाएको उहाँले बताउनुभयो । तर बम कसले विस्फोट गराएको भन्ने विषयमा अझै खुलेको छैन ।
विस्फोट मेयरको कार्यकक्षमा प्रवेश गर्ने ढोकाको प्यासेजका दक्षिण पट्टीको कोठामा भएको हो । दोश्रो तलामा रहेको मेयरको कार्यकक्षमा भएको विस्फोटको झड्काले तल रहेको को १ झ ४९४ नम्बरको गाडीमा समेत क्षति भएको छ ।
गाडीको पछाडिको भागको शिशा फुटेको छ । विस्फोटबाट भवनका शिशा पनि फुटेका छन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
विराटनगर महानगरपालिकाकाकी उपमेयर इन्दिरा कार्कीले आइतबार भएको घटना सपना जस्तो लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो कार्यकक्षमा एउटा विवादको विषय आएको थियो । त्यो विषयमा छलफल गराउनको लागि तयारीमा थिएँ । निस्कँदै गरेको अवस्थामा एक्कासी ठूलो आवाज आएर पड्कियो । शुरुवामा उडाएको जस्तो लाग्यो । हेर्दा शरीर भरी धुलै–धुलो भएको रहेछ । धन्न बाँचे ।’
विराटनगर महानगरपालिकामा भएको बम विस्फोटको बारेमा प्रहरीले बुझ्न महानगरपालिकामा राखिएको सीसी क्यामेराको डिभाइस नियन्त्रणमा लिएको छ । घटना स्थलमा नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।
एक्कासी बम विस्फोटको खबर आएपछि सुरक्षाकर्मी व्यापक परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताउनुभयो । उहाँले सीसी क्यामेराको फुटेज हेरेपछि कसरी घटना भएको हो भन्ने बाहिर आउने जानकारी दिनुभयो ।
बम विस्फोटमा एकजना घाइते भएका छन् । विराटनगर महानगरपालिकाका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बम विष्फोटमा घाइते भएको र उहाँलाई कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको मेयर पराजुलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।