काठमाण्डौको थानकोटमा बिहानै दुर्घटना : तरकारी बेच्न हिँडेका एक जनाको ज्यान गयो

 कात्तिक २५, २०७७ मंगलबार ८:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बिहान साढे चार बजे नम्बर नखुलेको पहेलेको रंगको सार्वजनिक बसको ठक्करबाट तरकारी बेच्न हिँडेका ४० वर्षका नविन लोहारको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बाजुरा घर भएर थानकोटमा नै बस्दै आएका लोहारको ओम समाज अस्पतालमा ज्यान गएको हो ।

ठक्कर दिने बसको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया