रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठायो : सहमति अनुसार शान्ति सेना पठाएको दाबी

 कात्तिक २७, २०७७ बिहीबार ६:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको छ ।

अर्मेनिया र अजरबैजान बीच हप्तौँसम्म चलेको युद्धपछि गएको सोमबार अर्मेनिया, अजरबैजान र रुसबीच सहमति भएको थियो । सहमतिअनुसार नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको रुसले दाबी गरेको बीबीसीले जनाएको छ । लामो समयदेखि भइरहेको सङ्घर्ष रोक्न रुस, अर्मेनिया र अजरबैजान बीच गएको सोमबार सहमति भएको थियो ।

अजरबैजान र अर्मेनियाबिच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो । रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो काराबाखमा चलिरहेको सैन्य संघर्ष अन्त्य गर्नेबारे सम्झौता भएको हो । मंगलबार बिहानेदेखि सम्झौता लागू भएको छ । नागोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि दुई देशबिच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ ।

सोभियत संघ अस्तित्वमा आएपछि नागोर्नो काराबाख क्षेत्र अजरबैजानभित्रै एक स्वायत्त क्षेत्रका रुपमा रहेको थियो । तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मेनियाको जातीय समूहको पकडमा छ । अहिले केही क्षेत्र अजरबैजानको पकडमा छ । सम्झौता अनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो काराबाखका केही क्षेत्र आफूले नै राख्ने भएको छ । आगामी केही हप्तासम्ममा अर्मेनिया त्यस क्षेत्रका केही भागबाटपछि हट्ने भएको छ 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया