बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले पठायो ५६९ पालिकामा ३ अर्ब अनुदान

 कात्तिक २७, २०७७ बिहीबार १६:५३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले ५६९ पालिकामा ३ अर्ब रुपैयाँ रकम सशर्त अनुदान पठाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई रोजगारी दिन सशर्त अनुदान पठाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराई रोजगार उपलब्ध गराइने छ । मन्त्रालयले रोजगार व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका बेरोजगार व्यक्तिको सङ्ख्याको आधारमा रकमको बाँडफाँड गरी ५६९ पालिकालाई ३ अर्ब रुपैयाँ अनुदानको रुपमा पठाएको हो ।

सरकारले बजेटमा घोषणा गरेअनुसार पालिकाहरुमा सञ्चालित सार्वजनिक निर्माण कार्यमा श्रममुलक विधिबाट आयोजना कार्यान्वन गर्रा २ लाख जनालाई रोजगारी उपलब्ध गराउने उदेश्य अनुसार अहिलेसम्म ६ अर्ब ८९ करोड रकम विभिन्न पालिकाहरुलाई श्रम मन्त्रालयले उपलब्ध गराएको छ ।

यसबाट १ लाख ३३ हजार ३ सय २७ जनाले न्यूनतम एक सय दिनको रोजगारी उपलब्ध हुने मन्त्रालयको अपेक्षा छ । चालु आर्थिक वर्षको लागि बाँकी रहेको ३ अब ४४ करोड ७० लाख रुपैयाँ पनि बाँडफाँड गरी छिट्टै पठाउने श्रम मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया