ट्रम्पले बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने : चुनावी परिणामविरुद्धको कानुनी लडाइँ भने कायमै राख्ने

 मंसिर ९, २०७७ मंगलबार ७:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्नुहुने भएको छ ।

उहाँले त्यसका लागि जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जीएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बताउनुभएको छ । जीएसएले पनि बाइडेनलाई स्पष्ट विजेताका रूपमा आफूले स्वीकार गरेको जनाएको छ । जीएसएले बाइडेन समूहलाई प्रक्रिया सुरु गर्ने भनेर जानकारी दिएपछि ट्रम्पले ट्वीट गर्नुभएको छ ।

कार्यभार हस्तान्त्ररणका लागि औपचारिक रुपमा सुरु गर्ने ट्रम्पले स्वीकार गर्नुभएको बीबीसीले जनाएको छ । तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ । ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाब नआएको प्रतिक्रिया समेत दिनुभएको छ ।

बाइडेनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरूसँगको बैठकपछि सत्ता हस्तान्तरण सुरु हुने बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया