आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – तनहुँको व्यास नगरपालिकाले सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्ने क्रममा बदमासी गरेको आरोप लागेका चार जना कर्मचारीलाई निलम्बन गरेको छ ।
नगरपालिकाकै कर्मचारीले बदमासी गरेको अडियो सार्वजनिक भएपछि हिजो बसेको कार्यपालिका बैठकले वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत एवम् नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र गाडी चालक कुशेश्वर गुरुङलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
मेयर वैकुण्ठ न्यौपानेले विज्ञप्ति निकालेर छानबिन प्रक्रिया अवधिभरका लागि निलम्बन गरेको जानकारी गराउनुभएको छ । वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत जिसीले ५० लाख रुपैयाँ घुस रकम पाएमात्रै काम पूरा गर्ने बताएको अडियो रेकर्ड फेला परेपछि सरसफाइ जग्गा व्यवस्थापन समितिले फागुन १७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
नगरपालिकाले वडा नम्बर ३ मा जग्गा खरिद गर्ने कार्य अघि बढाएको छ । अडिओसहित जग्गा खरिद विवादकाे सन्दर्भमा आउँदाे चैत २ बजे स्थानीयस्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय गरेको मेयर न्यौपानेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।