आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाण्डौ महानगरलाई मन्त्रालयको अनुरोध

 फागुन २२, २०८१ बिहीबार १५:३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाण्डौ महानगरपालिकालाई अनुरोध गरेको छ ।

मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा महानगरमा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई मेयर बालेन्द्र शाहले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेको हो । गुरागाईंले आफूलाई गएको पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गर्नुभएको थियो ।

मेयर शाहले आफ्नो कार्यकक्षमा ताला लगाइदिएर काम गर्न नदिएको तथा अनेक झुठा लाञ्छनाहरू समेत लगाएका गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया