युक्रेनी राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल आक्रमण, ...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर–७ ले बाँदर धपाउन ड्रोन खरिद गरेको छ । बाँदर धपाउन गरेको धेरै प्रयास असफल भएपछि वडा कार्यालयको तीन लाख रुपैयाँ खर्च गरेर ड्रोन खरिद गरेको वडाध्यक्ष नवराज खडकाले जानकारी दिनुभयो ।
ड्रोन खरिद गरेर सञ्चालनका लागि सात जनालाई तालिम दिइरहेको उहाँले बताउनुभयो । बाँदरलाई तर्साएर धपाउन ड्रोनमार्फत बाघ र बन्दुकको आवाज निस्कने, कडा प्रकाश फ्याँक्ने तथा राति बाँदर, दुम्सी रहेका ठाउँमा साइरन बजाउने लगायतका १० थरी उपाय किसानलाई सिकाइने र स्थलगत अभ्यास गराउने वडा कार्यालयले जनाएको छ ।
यस्तै वडा कार्यालयले बाँदर समातेर परिवार नियोजन गरिदिने योजना पनि अघि सारेको छ । बाँदरकाे उपद्रोका कारण किसानहरूले खेतबारी बाँझै छाडेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।