आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली सनराइजर्स हैदराबादले इङ्गल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर ब्रायडन कार्सको ठाउँमा दक्षिण अफ्रिकाका अलराउन्डर वीआन मुल्डरलाई टोलीमा छनोट गरेको छ ।
चोटका कारण कार्सले यो संस्करण गुमाउने भएपछि टिम व्यवस्थापनले ७५ लाख भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको हो । मुल्डरको यो पहिलो आईपीएल सिजन हुनेछ ।
मुल्डरले दक्षिण अफ्रिकाका लागि ११ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट, १८ टेस्ट क्रिकेट र २५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ६० विकेट लिनुका साथै ९ सय ७० रन बनाएका छन् ।
आईपीएलको १८औं संस्करण आउँदो मार्च २२ देखि शुरू हुँदैछन् । उद्घाटन खेलमा पूर्वविजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच प्रतिस्पर्धा हुनेछ । १० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मे २५ मा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।