११ हजार ८३ निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुग्यो, ४ हजार ९ सय निकायमा अझै बाँकी

 मंसिर ९, २०७७ मंगलबार १३:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  – देशका ११ हजार ८३ वटा निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको छ ।

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले थालेको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म पालिका, वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकी गरी ११ हजार ८३ निकायमा इन्टरनेट जडान सम्पन्न भइसकेको छ ।

अहिलेसम्म ६९ दशमलव ३७ प्रतिशत सम्पन्न भइसकेको इन्टरनेट जडानको काम अझै चार हजार आठ सय ९६ निकायमा भने बाँकी रहेको छ ।

ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरेर अघि बढाइएको ब्रोडब्याण्ड इन्टनेट परियोजना अन्तर्गत अहिलेसम्म ५५ जिल्लामा इन्टरनेट पहुँच पुगेकोमा ४६ जिल्लामा शतप्रतिशत काम सम्पन्न भएको छ ।

पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार रुपैयाँ लागतको परियोजनाको लागि १८ वटा प्याकेजमा काम भइरहेको छ ।  अहिलेसम्म दुई अर्ब ७१ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया