'नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्नेछ'

 मंसिर ११, २०७७ बिहीबार १४:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्ने बताउनुभएको छ । सामाजिक सुरक्षा योजनाको तेस्रो वार्षिक उत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिककाे सामाजिक सुरक्षाकाे जिम्मा सरकारले लिइसकेकाले कसैलाई पनि कुनै समस्या हुन नदिन सरकार लागिपरेकाे बताउनुभयाे ।

‘सामाजिक सुरक्षा योजना उन्नत चरणको ध्योतक, पारस्परिक सहयोग र उत्तरदायित्वपूर्ण अभिभारा हो’, उहाँले भन्नुभयो, ‘राज्य सत्ताको कर्तव्यको हैसियतमा सामाजिक सुरक्षा महत्वपूर्ण रहेको छ ।’

यो भन्दा पहिले पनि वृद्ध भत्ता लगायतका विभिन्न सामाजिक सुरक्षाका कदमको आलोचना भएको भए पनि अहिले आएर त्यसको महत्व बुझिएको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको महत्व पनि विस्तारै बुझिदै जाने उहाँले बताउनुभयो ।

समाजको मानवोचित सभ्य समाज निर्माण गर्ने कर्तव्य र भावना र त्यसबाट निर्देशित भएर गर्नुपर्ने कामहरुलाई सामाजिक सुरक्षा योजनाले समेट्ने भन्दै त्यसको महत्व निकै बढी भएको उहाँले बताउनुभयो ।

भर्चुअल कार्यक्रममार्फत सञ्चालन गरिएको सामाजिक सुरक्षा दिवसमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पनि सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा जोड दिनुभयो ।

उहाँले सामाजिक सुरक्षा कोषले सुरक्षित लागनी मार्फत दिगो प्रतिफल दिने भन्दै कोषको दीर्घकालीन वित्तीय स्रोतमा गुणात्मक वृद्धि हुँदै जाने पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया