सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीक...
मंसिर ७, २०८१ शुक्रबार
जुम्ला - बेपत्ता पारिएका व्यक्तिको न्यायको लागि छानबिन गर्न बेपत्ता आयोगको टोली जुम्लामा पुगेको छ ।
आयोगका सदस्य डा.गंगाधर अधिकारी नेतृत्वमा टोली जुम्ला पुगेको हो । कर्णालीलाई प्राथमिकता राखेर जुम्ला पुगेको आयोगको टोलीले बेपत्ताहरुको छानबिन, अनुसन्धान र पहिचानका कार्य अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर छलफल गर्नेछ । आयोगका सदस्य अधिकारीसहित चार सदस्यीय टोलीले जुम्लामा भोलिदेखि काम सुरु गर्नेछ ।
नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको पहिचान र छुटेका व्यक्तिहरुको उजुरी लिने उद्देश्यले टोली कर्णालीमा पुगेको डा.अधिकारीले बताउनुभयो । उहाँले आयोगको कार्य क्षेत्र भनेकै छानबिन तथा अनुसन्धान भएकाले भविष्यमा द्वन्द्व दोहोरिन नदिने उद्देश्य रहेको पनि बताउनुभयो ।
देशभरबाट आयोगमा तीन हजार २ सय २३ उजुरी परेको बताउँदै उहाँले कर्णालीमा ४०४ उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार साविकको कर्णालीको कालीकोटमा ४५, जुम्लामा २०, मुगु २५, डोल्पा ६ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको छ । आयोगले भोलि छलफल कार्यक्रम राखेको र छुटेका भएमा पनि उजुरी लिइने भएकाले सम्पर्क गर्न अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।