‘शोले’ को त्यो एक दृश्य, जुन पूरा हुन ३ वर्ष लाग्याे

 साउन ३०, २०७५ बुधबार १६:२५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

हिन्दी फिल्म उद्योगको उत्कृष्ट फिल्म मध्यको ‘शोले’ प्रदर्शन भएको आज ४३ वर्ष पुरा भएको छ । 

आजकै दिन सन् १९७५ मा यो फिल्म प्रदर्शनमा आएको थियो । उत्कृष्ट कलाकार, उनीहरुको बेजोड अभिनय र दमदार सम्वादका कारण आजसम्म पनि ‘शोले’ फिल्मको चर्चा भइरहन्छ ।

 शोले फिल्ममा रहेको रामगढ गाउँ, डरलाग्दो डाँका गब्बर, जय र वीरुको मित्रता होस् वा फिल्मकी अभिनेत्री बसन्ती र उनको धन्नो, ठाकुर र उसको आलिशान बंगला हरेक कुरा आजसम्म पनि दर्शकले सम्झन्छन् ।

‘शोले’ एक यस्तो फिल्म हो जसले यस फिल्मका कलाकारहरुको करियरलाई एकाएक उचाइमा त पु¥यायो नै साथमा यस फिल्मका निर्देशक रमेश सिप्पीको करियरको सर्वश्रेष्ठ फिल्म सावित भयो । 

त्यस जमानामा २ करोड रुपैयाँको बजेटमा कयौं वर्ष लगाएर यस फिल्मको निर्माण पूरा गरिएको थियो ।

साथै फिल्ममा रहेको एउटा अचम्म को कुरा के हो भने ‘शोले’ मा एक यस्तो दृश्य छ जसको छायाँंकन १-२ हप्ता वा महिना लगाएर होइन ३ वर्ष लागेको  थियो । 

कैयौं पटक त्यस दृश्यलाई छायाँकन गर्न खोज्दा पनि चाहेजस्तो उत्कृष्टता आएको थिएन । 

दृश्यमा जया बच्चन साँझको समयमा ठाकुरको बंगलामा रहेका लालटिन बालिरहेको देखिन्छिन् भने अभिताभ बच्चन अर्को घरबाहिर बसेर माउथ अर्गान बजाइरहेका देखाइएको छ ।     

यो दृश्यलाई छायाँकन गर्न ३ वर्ष लागेको थियो । फिल्मका निर्देशक रमेश सीप्पी जस्तो लाइट चाहन्थे त्यो लाईट लिन सकिएको थिएन । 
सूर्यास्तको समयमा छायाँकन गर्ने क्रममा तादात्म्य नमिलेकै कारण चाहिएको दृश्य खिच्न सकिएको थिएन । 

३ वर्षसम्मको प्रयासपछि त्यस दृश्यको छायाँकन गरिएको थियो । ‘शोले’ फिल्मले खलनायक अमजद खानको करियरलाई नयाँ उचाइमा पुर्‍याइदियो । 

 

उनी यस फिल्ममा डाँकु गब्बर सिंहको भूमिकामा थिए । उनले यो भूमिका यति जीवन्त तरिकाले निर्वाह गरेका थिए कि सबैले उनलाई साच्चैको डाँकु सम्झन्थे । 

 

तर यस फिल्ममा अमजद खान त्यस भूमिकाका लागि पहिलो रोजाई भने थिएनन् । 

‘शोले’ को डाँकु गब्बरका लागि पहिले  डेनी डेन्जोंगपालाई अफर गरिएको थियो । तर डेनीले यो भूमिका निर्वाह नगरेपछि अमजद खानले गब्बर बन्ने मौका पाएका थिए । 


 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया