वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन जना मन्त्रीको राजीनामा

 पुष १०, २०७७ शुक्रबार १२:३२:१७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ ।

प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा प्रदेशका तीन जना मन्त्रीसहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । राजीनामा दिएका मन्त्रीसहित ४६ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया