१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ ।
मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । अहिलेको राजनीतिक परिस्थितिका कारण उहाँलाई हटाइएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । बर्खास्तमा परेका मन्त्री बोहरा नेकपाको केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य हुनुहुन्छ ।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहराले पदमुक्त भएपछि प्रतिक्रिया दिँदै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरिएको हुनसक्ने बताउनुभयो । ‘मन्त्रीको जिम्मेवारीमा रहेर आफूले कार्यसम्पादन गर्दा मुख्यमन्त्रीको शिर उँचो बनाउने नै काम गरेको थिएँ’, बोहराले भन्नुभयो, ‘आफू संस्थापन पक्षमा लागेकै कारण पदमुक्त गरिएको हुन सक्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।