तनहुँको व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बित, जग्गा खरिद...
फागुन २२, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न प्यालेस्टिनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिनुभएको छ ।
उहाँले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा हमासको कोही पनि सदस्य सुरक्षित नहुने भन्दै चेतावनी दिनुभएको हो ।
ह्वाइट हाउसले बन्धकहरूको बारेमा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासलाई चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसकी प्रेश सचिव क्यारोलिन लेभिटले बन्धकहरूको रिहाइ सुनिश्चित गर्न अमेरिकाले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गर्नुभएको हो ।
आतंकवादी सङ्गठनको रूपमा सूचीबद्ध संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क नराख्ने अमेरिकी नीति अनुसार अमेरिका अहिलेसम्म विद्रोही समूहसँग प्रत्यक्ष संलग्न भएको छैन । तर पछिल्लो समय अमेरिकाले हमासलाई बन्धक रिहा नगरे ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिइरहेको छ ।
उहाँले बन्धकहरुलाई तत्काल रिहा गर्न र हत्या गरिएका मानिसको सबै शव तुरुन्तै फिर्ता गर्न हमासलाई आग्रह गर्नुभएको छ ।
ट्रम्पले गाजामा इजरायल र हमासबीचको पहिलो चरणको युद्धविराम अन्तर्गत रिहा भएका बन्धकहरूको समूहसँग भेट गरेपछि उहाँको धम्कीपूर्ण प्रतिक्रिया आएको हो ।
ट्रम्पले यसअघि गएको डिसेम्बरमा पनि ट्रम्पले आफूले पदभार ग्रहण गर्ने समयसम्म बन्धकहरूलाई रिहा गरिएन भने राम्रो नहुने भन्दै धम्की दिनुभएको थियो । अमेरिका, इजिप्ट र कतारले गाजामा इजरायल र हमासबीच युद्धविराम मध्यस्थता गर्ने वार्तामा प्रमुख भूमिका खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।