काठमाण्डाै महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंला...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – महोत्तरीको गौशालामा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा उद्योग सञ्चालनमा आएको हो ।
ढकालको लगानीमा विशेषगरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र उर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले आजदेखि कागज कारखाना सञ्चालन गरेको छ ।
‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ । महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा रहेको यस उद्योगमा सबै नेपाली लगानीकर्ताहरूको लगानी छ ।
२०७८ सालमा शिलान्यास भएको यस उद्योगले निर्माण प्रक्रिया सकिएर गएकाे पुसदेखि उत्पादन शुरू गरिसकेको छ ।
नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानी गरेर अगाडि बढाउन लागिएको अध्यक्ष ढकालले बताउनुभयो ।
विद्यालय,क्याम्पसमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर अब उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये झन्डै ४० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ ।
उद्योगले स्वदेशी कच्चा पदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।