शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – बङ्गलादेश क्रिकेट टिमका पूर्वकप्तान मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।
३७ वर्षीय विकेटकिपर ब्याटर मुस्फिकरले तत्काल लागू हुनेगरी एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका हुन् ।
मुस्फिकरले सन् २००६ मा न्युजिल्यान्डसँगको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
उनी बङ्गलादेशका लागि सबैभन्दा धेरै ओडीआई खेल्ने खेलाडीसमेत हुन् । उनले २७४ खेलमा ९ शतकसहित ७ हजार ७९५ रन बनाएका छन् ।
त्यस्तै विकेटकिपरको रूपमा २४३ क्याच तथा ५६ स्टम्पिङ गरेका छन् । उनले सन् २०११ देखि २०१४ सम्म बङ्गलादेश क्रिकेट टिमको कप्तानी गरेका थिए ।
पाकिस्तानमा अहिले भइरहेको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र न्युजिल्यान्डसँग पराजित हुँदै बङ्गलादेश समूह चरणबाटै बाहिरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।