सार्वभौम अधिकार अपहरण भएको टुलुटुलु हेरेर बस्न सक्दैनौँ, जस्तो कदम पनि चाल्न तयार छौँ – प्रचण्ड

 पुष १४, २०७७ मंगलबार १६:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वभौम अधिकार अपहरण भएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको छ ।

केपी शर्मा ओलीको यो कदमविरुद्ध जुनसुकै कदम अघि बढाउन आफू तयार रहेको उहाँको भनाइ छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड-नेपाल समूहले काठमाण्डौमा गरेको विरोध प्रदर्शनमा उहाँले ओलीको कदमविरुद्ध जुनसुकै कदम अघि बढाउन पनि आफू तयार रहेको बताउनुभयो ।

ओलीलाई आफूले बुझ्न नसकेको भन्दै उहाँले आम नागरिकसँग माफीसमेत माग्नुभयो । ओली गणतन्त्रवादी आन्दोलनको पक्षमा छैनन् भन्ने थाहा हुँदाहुँदै पनि आफूले जे-जे भन्यो त्यहीत्यही गर्दै अघि बढ्दा समस्या भएको बताउनुभयो।

उहाँले ओलीप्रति इङ्कित गर्दै भन्नुभयो, - ‘हामी त्यसै छाड्नेवाला छैनौँ, तपाईले के-के गर्नुपर्ने हो गरे हुन्छ ।’ ओली निरङ्कुश तानाशाह रहेको र ओलीको कदमले देशलाई भड्खालो हाल्न चाहेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले देश भड्खालोमा गएको आफूहरुले चुप लागेर बस्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टीका लगाएको आरोप लगाउँदै उहाँले अहिले पनि संसद भंग नभएको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया