प्रधानमन्त्रीले नेताहरुका फोन ट्यापिङ गरिरहेका छन्ः नेता पुन

 पुष १४, २०७७ मंगलबार २०:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपाको प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले गैरकानुनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको बताउनुभएको छ ।

रोल्पाको लिवाङमा आयोजित सभामा पुनले नेताहरुलाई तर्साउन त्यस्तो गरिएको बताउनुभयो । ‘सबै नेताहरुका टेलिफोन ट्यापिङ भइरहेको छ । नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’, पुनले भन्नुभयो, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको देशमा यो स्वीकार्य हुन सक्दैन ।’ 

यस्तै प्रधानमन्त्रीका कारण राष्ट्रिय व्यवसायी आतंकित बनेको उहाँले उल्लेख गर्नुभयो । सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतवस आफू मातहत राखेर प्रधानमन्त्रीले सुरुमै सबैचिज आफूमा केन्द्रीत गर्ने संकेत देखाएको स्मरण उहाँले गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उहाँले दलभित्र असहयोग भएको बहानामा जनताको अमितको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्रीलाई नदिएको स्पष्ट गर्नुभयो  ।

अस्वाभाविक रुपमा अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिस प्रधानमन्त्री भेटेर फर्कने र प्रधानमन्त्रीको पूर्वराजासँग साँठगाँठको चर्चा चलिरहेका बेला संसद विघटन हुनुलाई आफूहरुले गम्भीर रुपमा लिएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया