इजरायलमा १० लाखभन्दा धेरै मानिस कोरोनाविरुद्धको खोप कार्यक्रममा सहभागी

 पुष १९, २०७७ आइतबार ६:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  इजरायलले १० लाखभन्दा बढी मानिसहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिएको छ । 

यो अरु देशको तुलनामा सबैभन्दा उच्चदर रहेको बीबीसीले जनाएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी बनेका छन् ।

यसैगरी बहराइनमा ३ दशमलव ४९ र बेलायतमा एक दशमलव ४७ प्रतिशत मानिसले खोप लगाएको अक्सफोर्ड विश्वविद्यालयको तथ्याङ्क उल्लेख गर्दै बीबीसीले जनाएको छ । 

यसैबीच भारत सरकारले पहिलो चरणमा कोरोना भाइरसविरुद्ध झण्डै तीन करोड मानिसलाई निःशुल्क खोप दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले हिजो नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएकालाई खोप लगाउने बताउनुभयो । 

भारत सरकारले यसअघि नै आउँदाे जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारिएको छ । भारत सरकारले खोप अभियानका लागि झण्डै १ लाख जनालाई तयारी अवस्थामा राखेको जनाएको छ । भारतमा दुईवटा कोरोना खोपको लागि अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया