पशुपतिनाथमा बालाचतुर्दशी मेला
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - नाइजरमा संदिग्ध इस्लामिक आतंकवादीहरूको आक्रमणमा परेर कम्तीमा ५६ जनाको ज्यान गएको छ ।
नाइजरको पश्चिमी सिमाना नजिक पर्ने चाेमाेब्याङ्ग्यु गाउँमा भएको घटनामा ठूलो संख्यामा मानिस मारिएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेहरु माछा व्यापारमा संलग्नहरू रहेका छन् । आक्रमणमा अरु १७ जना घाइते भएका छन् ।
अफ्रिकाको सहेल क्षेत्रमा पछिल्लो समय धेरै हिंसात्मक घटनाहरू भएका छन् जुन आतंकवादी समूहहरूले गरेका थिए । फ्रान्समा हिजो दुई जना सैनिक मारिएका थिए । फ्रान्सले पश्चिमी अफ्रिकी क्षेत्रमा इस्लामी आतंकवादको विरूद्ध पश्चिमी अफ्रिकी र युरोपियन सहयोगीहरूको गठबन्धनको नेतृत्व गरिरहेका छन । तर नाइजर र माली जस्ता देशहरू जातीय हिंसा, मानव र लागुऔषधको तस्करीबाट प्रभावित छन ।
आन्तरिक मन्त्री अलकाचे अलहादाले भने सुरक्षाको लागि त्यहाँ सैनिकहरू पठाइएको बताएका छन् । देशको टिल्लाबेरी क्षेत्र २०१७ देखि आपतकालको स्थितिमा रहेको छ र नाइजरमा जिहादी समूहले गर्ने आक्रमण सामान्य छ ।
गएकाे महिना, नाइजरको जिहादी समूह बोको हरामले दक्षिणपूर्वमा डिफेफा क्षेत्रमा कम्तीमा २७ व्यक्तिको हत्या गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।