कांग्रेसको बैठक आज : अबको आन्दोलनबारे अलमल

 पुष १९, २०७७ आइतबार ८:५२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रणनीतिबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

गएको ७ गतेदेखि सुरु भएको बैठक सरकारविरुद्ध प्रदर्शन र मेलमिलाप दिवसको कार्यक्रममा केन्द्रीत हुने भन्दै ९ गतेसम्म बसेर स्थगित भएको थियो । त्यसैलाई निरन्तरता दिँदै बैठक आज पनि बस्न लागेको हो ।

एक सय २६ जना केन्द्रीय सदस्यमध्ये अहिलेसम्म २० जनाले आफ्नो धारणा राखेका छन् । प्रतिनिधि सभा विघटनपछि कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ भने सरकारको कदमलाई असंवैधानिक भन्दै आएको छ । तर यसबारे पार्टीका शीर्ष नेताहरुबीच नै मत बाझिएको छ ।

सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको विषय अदालतमा विचाराधीन भएकाले अहिले आन्दोलनमा जान नहुने बताउनुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध र आन्दोलनका कार्यक्रम गरी प्रतिकार गर्नुपर्ने बताउँदै आएको छ ।

यसअघिको केन्द्रीय समितिको बैठकले निर्णय गरेर देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । तर, कांग्रेसको दुई समूहको मत बाझिएकाले आउँदाे रणनीति कस्तो बनाउने भन्ने अन्योल देखिएको छ ।   

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया