सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत

 पुष १९, २०७७ आइतबार १३:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम रोजगार तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत भएका छन् ।

गएको शुक्रबारसम्म कोषमा १३ हजार ४५ रोजगारदाताका एक लाख ८४ हजार १६७ श्रमिक सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी वाग्मती प्रदेशबाट ८ हजार ८ सय ३३ रोजगारदाता र एक लाख ३८ हजार ५० श्रमिक सूचीकृत भएका छन् ।

यस्तै प्रदेश एकबाट एक हजार ८ सय ६० रोजगारदाता र १८ हजार ६ सय १३ श्रमिक सूचीकृत भएका छन् । लुम्बिनी प्रदेशबाट ९३८ रोजगारदाता र ५ हजार ९ सय ६ श्रमिक, गण्डकी प्रदेशबाट ५ सय ९९ रोजगारदाता र ६ हजार ९८९ श्रमिक सूचीकृत भएका छन् । यस्तै प्रदेश २ बाट ५ सय ३१ रोजगारदाताका एक लाख ३४ हजार ८९ श्रमिक, सुदूरपश्चिम प्रदेशबाट १५० रोजगारदाताका ६६८ श्रमिक र कर्णाली प्रदेशबाट १३४ रोजगारदाताका ४५३ श्रमिक सूचीकृत भएका छन् ।

यस्तै कोषमा तीन सय ५६ करोड ७७ लाख रुपैयाँ योगदान रकम जम्मा भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषका अनुसार अहिलेसम्म एक हजार ४ सय ६४ श्रमिक तथा उनीहरुका आफन्तले दुई करोड ४६ लाख रुपैयाँ बराबरको रकम दावी भुक्तानी गरेका छन् । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया