कोरोना रोकथामका नियम नमान्ने एअरलाइन्सको उडान रोक्ने क्यानको चेतावनी

 पुष १९, २०७७ आइतबार १७:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएका नियम तथा निर्देशन अटेरी गर्ने एअरलाइन्सको उडान रोक्ने चेतावनी दिएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विदेशबाट आउने र विदेश जाने यात्रुका लागि फाराम भर्नै पर्ने व्यवस्था गरे पनि केही एअरलाइन्सले अटेरी गरेको भन्दै प्राधिकरणले चेतावनी दिँदै सूचना जारी गरेको हो । नेपाल आउने र जाने यात्रुले भर्ने फारम सीसीएमसीको वेबसाइटमा रहेको पनि प्राधिकरणले जनाएको छ । 

यस्तै बेलायतसहित विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रकार फैलिरहेको सन्दर्भमा बेलायतबाट आउने र बेलायतलाई ट्रान्जिट बनाएर आउने यात्रु नबोक्न यसअघि नै निर्देशन दिइएको र निर्देशन अटेरी गर्नेलाई नेपाल उडानको प्रतिबन्ध लगाउन बाध्य हुने पनि प्राधिकरणले जनाएको छ ।

नेपालमा उडान गर्ने ३१ वटै एअरलाइन्सलाई बोधार्थ उल्लेख गरेर प्राधिकरणले सूचना जारी गरेको छ । निर्देशन पालना भएकाे/नभएकोबारे कडा निगरानी राख्न पनि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई निर्देशन दिएको छ । 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया