२४ घण्टामा थपिए ४२१ काेराेना सङ्क्रमित, ६३७ जना डिस्चार्ज

 पुष १९, २०७७ आइतबार १६:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा देशभर चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

त्यस्तै काठमाण्डौमा एक सय ६०, ललितपुरमा २६ र भक्तपुरमा ११ गरी काठमाण्डौ उपत्यकामा एक सय ९७ जनामा सङ्क्रमण देखिएकाे छ । 

पाँच हजार आठ सय जनाको पीसीआर परीक्षण भएकोमा देशैभर चार सय २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आइतबारसम्म पाँच हजार चार सय ८७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै तीन सय ६७ जना क्वरेण्टीनमा छन् । 

यस्तै गएको २४ घण्टामा ६ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै सङ्क्रमणपछि निको हुनेकाे सङ्ख्या दुई लाख ५४ हजार चार सय ९४ पुगेको छ । 

यस्तै पछिल्लाे २४ घण्टामा सङ्क्रमणबाट आठ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय ७८ पुगेको छ । 

नेपालमा अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ५९ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया