च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताउनुभएको छ ।
सोमबार पेरिसडाँडामा बसेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य पन्तले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडि बढाउने बताउनुभएको हो ।
पन्तले प्रतिनिधि सभा विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको अनुहार हेरि फैसला नगर्ने टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले प्रतिनिधि सभा विघटनको जवाफ पुनर्स्थापनाबाहेक केही हुन नसक्ने उहाँले बताउनुभयो । संविधानले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको पन्तकाे उहाँको भनाइ छ ।
स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड प्रचण्ड–नेपाल पक्षसँग भएको, बहुमत भएको, सूर्य चिह्न आफूहरूले पाउने, प्रतिनिधि सभा पुनर्स्थापना हुने र नेकपाको सम्पत्ति आफूहरूको हुने दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।