मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले गरेको हिंसात्मक प्रदर्शनको क्रममा गोली लागेर एक महिलाको ज्यान गएको छ ।
ट्रम्प समर्थकले संसद भवनभित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा प्रदर्शन गर्नेमध्येकै एक महिलालाई गोली लागेको हो ।
गोली लागेपछि महिलालाई अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको बीबीसीले जनाएको छ । राष्ट्रपति चुनावको मत परिणाम उल्ट्याउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको हो ।
वाशिङ्टनमा रहेकाे संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो ।
यसै क्रममा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरेका हुन् । प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरेर चुनाव रद्द गर्न माग गरेका थिए । झण्डै तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति सामान्य भएको छ ।
अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ ।
यस हिंसाकाबीच राष्ट्रपतिमा निर्वाचित बाइडनले ट्रम्पसँग हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।