जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले स्मार्ट कम्प्याक्ट ट्रक इन्ट्रा भी २० को बिक्री गर्न सुरु गरेको छ ।
प्रिमियम टफ डिजाइनमा आधारित ट्रक सुरक्षित र आरामदायी हुनुका साथै शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्ने अपेक्षा लिइएको छ । टाटा इन्ट्राको सुरुवाती मूल्य १९ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
आधुनिक डिजाइनसँगै क्याबिनभित्र ओहोर-दोहोर गर्ने ठाउँ रहेकाे इन्ट्रामा सुविधा सम्पन्न सिटहरु राखिएकाे छ भने आधुनिक डिजिटल क्लस्टर समेत रहेको छ । यसकासाथै ड्याससबोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो बनाउने कम्पनीले जनाएकाे छ ।
भरपर्दाे इन्जिन, गियर बक्स,क्राउनर च्यासिसको संयोजनले इन्ट्राले न्यून मर्मत खर्च गराउने टाटाको दाबी छ । ठूलो लोड बडी, ११०० केजीको अधिकतम भार बहनक्षमता,उत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रकलाई न्यून सञ्चालन खर्चमा अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको कम्पनीले जनाएकाे छ ।
यसमा साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ४.७५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ । यसमा भएको केवल सिफ्ट मेकानिज्मर ५–स्पीड गीयर बक्सले सहज एवं भन्झटमुक्त यात्राकाे सुनिश्चित गर्ने टाटाले जनाएकाे छ ।
टाटा इन्ट्रा भी २० मा १.४ लिटर क्षमताको डिजेल इन्जिन रहेको छ , जसले ७० बीएचपी र १४० एनएमको टर्क पैदा गर्छ र उच्चतम इन्धन बचत गर्न सहयोग पुर्याउन गीयर सिफ्ट एडभाइजरको पनि व्यवस्था रहेकाे छ ।
इन्ट्रामा अधिकतम ग्राउण्ड क्लीयरेन्स रहेकाले सबैखाले सडकमा लागि उपयुक्त हुने टाटाले जनाएकाे छ । टाटा इन्ट्राको निर्माण, मजबुत बडी र क्याबिनसहित हाइड्रो–फम्र्ड च्यासिस फ्रेममा सुरक्षित रुपमा गरिएकाले टिकाऊपना बढ्ने कुरा सुनिश्चितता रहेकाे टाटाकाे दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।