च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरू तोक्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र किटान गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिदैँ ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।
विभिन्न क्षेत्रलाई प्राथमिकीकरण गर्दै अघि बढे पनि आर्थिक विकासका लागि मानव संसाधन पनि महत्त्वपूर्ण हुने भन्दै उहाँले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले देश कस्तो बनाउने भन्ने कुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिङ्गो प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । प्रणाली बनाउने कुरामा सरकारको भूमिका हुने भए पनि सरकार गम्भीर नभएको उहाँको भनाइ छ । देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उहाँले देशमा देखा परेको समस्या पत्ता लगाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालमा उत्पादन हुने वस्तुहरू विदेशबाट आयात रोक्नुपर्ने बताउनुभयो । आयात प्रतिस्थापन गर्ने वस्तुहरूलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । विदेशबाट फर्किएकाहरूकाे सीप, अनुभव, ज्ञान तथा पुँजी नेपालमै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।