च्याम्पियन्स ट्रफीकाे फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रि...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – भारतमा उत्पादन भइरहेको कोभिशिल्ड नामको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति पाएकाे छ । औषधि व्यवस्था विभागको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।
विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ ।
भारतमा शनिबार (भोलि) देखि यो खोप आमनागरिकलाई लगाउने भारतले यसअघि नै घोषणा गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेरमले पाँच करोडभन्दा बढी डोज खोप उत्पादन गरिसकेको छ ।
विभागले बुधवार सूचना निकालेर कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो । अहिलेसम्म तीन आयातकर्ताहले आवेदन दिएकाे र आवेदन दिनेमध्ये दुई वटाको थप अध्ययन भइरहेको विभागले जनाएको छ ।
नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका परीक्षण गर्न अनुमति दिइसकेको छ भने भ्याक्जाइनले उत्पादन गरेको कोभ्याक्स–१९ खोपको परीक्षणका लागि पनि प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।