‘डियर मेयर, रानीपाेखरीबाट पाठ नसिकेकाेमा हामी लज्जित छाैँ’

 माघ २, २०७७ शुक्रबार १८:३७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको कमलपोखरीमा पुरातात्विक महत्त्व मासेर पुनर्निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । कमलपोखरीको पुरातात्विक महत्त्व मासेर पुनर्निर्माणको काम गरिएको भन्दै स्थानीयले शुक्रबार विरोध गरेका हुन् ।

कमलपोखरीको पुनर्निर्माणमा ढिलाइ भएको तथा यसको महत्त्वलाई नै मास्ने गरी ढुङ्गा, कङ्क्रिटकाे प्रयोग गरेका कारण विरोधमा उत्रनुपरेको कमलपोखरी संरक्षण समाजका महासचिव राजेन्द्र सिंहले बताउनुभयो । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण कार्य भइरहेको र सम्पदामाथि नै अतिक्रमण गरिएको विरोधमा सहभागी भएकाे माधवदेव पन्तले बताउनुभयो ।

ठेकेदार कम्पनीले आवश्यकताभन्दा कम जनशक्ति राखेर काम गरेकाले काममा ढिलाइ भइरहेको काठमाण्डौ महानगरपालिका ३१ का वडा सदस्य राजकुमार श्रेष्ठले बताउनुभयो । कमलपोखरीको स्रोत नै सुकेर जाने तथा पहिलेको कमलपोखरीको अवस्था नरहने चिन्ताका कारण स्थानीयले विरोध गरिरहेको पनि उहाँको भनाइ छ ।

काठमाण्डौ महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गरिरहेको छ । पुरानो ऐतिहासिकतालाई जोगाउँदै पुनर्निर्माण गर्ने महानगरपालिकाले बताउँदै आए पनि स्थानीय र सम्पदा संरक्षणमा जुटेका अभियन्ताले भने त्यसकाे विपरीत भएकाे भन्दै विरोध जनाउँदै आएका छन् ।  

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया