उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता फेरि पनि सहमति बिना टुङ्गिएकाे छ ।
कृषिसम्बन्धी तीन वटा नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग हिजो केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए ।
हिजो भएको नवौं वार्तामा पनि कुनै निर्णय हुन नसकेको भारतीय संचारमाध्यमले जनाएका छन् । अर्को वार्ता आउँदाे मंगलबारको लागि तोकिएको छ ।
सरकारी पक्षले आफूहरु धेरै लचक हुँदा पनि किसानका प्रतिनिधि सहमतिमा नआएको बताएका छन् भने आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीन ओटै कानुन खारेज गर्न आफूहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताउनुभयो ।
भारतमा कृषिसम्बन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीमा समेत किसानहरुले बृहत प्रदर्शन गरिरहेका छन् ।
किसान सङ्गठनका अगुवाहरुले कृषिसम्बन्धी विवादास्पद कानुन खारेज नै हुनुपर्ने अडान राखेका छन् । सरकारले ठूलो उपलब्धिका रुपमा व्याख्या गर्दै आइरहेको कानुनहरु किसानहरुले खारेज नै गर्नु पर्ने अडान राखेपछि सरकार थप समस्यामा परेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।