भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु

 माघ ३, २०७७ शनिबार १२:१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । 

आउने जुलाइसम्ममा ३० करोडलाई खोप लगाइसक्ने योजनासहित खोप अभियान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र २७ करोड वृद्धवृद्धा र गम्भीर खालका बिरामीलाई खोप लगाइने छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । खोप अभियानलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको खोप विकासका लागि वैज्ञानिकले कडा मेहनत गर्नुपरेको बताउनुभयो । 

भारतका राष्ट्रकवि रामधारी सिंहले मानिसले मेहनत गर्‍याे भने पानी पनि ढुङ्गा बन्छ भनेजस्तै वैज्ञानिकको मेहनतका कारण खोप निर्माण सम्भव भएको उहाँले बताउनुभयो । सम्बोधनकै क्रममा प्रधानमन्त्री मोदीले भावुक हुँदै सङ्क्रमितलाई आफ्नो घरबाट टाढा राख्नुपरेको, आमा आफ्नो बच्चाको लागि रोइरहनुपरेको तर बच्चाको नजिक जान नसक्ने अवस्था सिर्जना भएको, अस्पतालमा भर्ना भएकाहरुलाई भेट्नका लागि आफन्त जान नसकेको कुरा व्यक्त गर्नुभयो । 

यतिमात्र नभएर अन्तिम संस्कारमा समेत जान नसक्नु जस्तो अवस्थाको अब बिस्तारै अन्त्य हुने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री मोदीले भारतको खोप अभियान संसारकै सबैभन्दा ठूलो खोप अभियान भएको समेत बताउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया