सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको निर्णयले संविधानकै नै हत्या हुने काम भएको अवस्थामा आफू हाँस्न नसक्ने प्रतिक्रिया दिनुभएको छ ।
शनिबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लक्षित गर्दै उहाँले संविधानकै हत्या भएको समयमा हाँस्न र हँसाउन नसकिने बताउनुभएको हो । शनिबार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आम नागरिकको मुहारमा मुस्कान ल्याउन आफूले हसाउँदै हिँडेको भन्दै अब आफू नागरिकलाई रुवाउने पक्षमा नरहेको बताउनुभएको थियो ।
आइतबार काठमाण्डाैमा भएको राष्ट्रिय युवा सङ्घको बैठकमा अध्यक्ष प्रचण्डले देश तनावमा रहेको र संविधानको चिन्ता भइरहेको समयमा हाँस्न नसकिने बताउनुभएको हो ।
प्रतिक्रियावादीहरूसँग साँठगाँठ गरेर प्रतिनिधि सभा विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री पार्टीले बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको आरोप लगाउनुभयो । अध्यक्ष प्रचण्डले युवाहरूको काँधमा भोलिको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको भन्दै दुनियाँले देख्ने गरि आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्नुभयो ।
लामो समयकाे सङ्घर्ष र बलिदानपछि पाएको संविधानमाथि प्रहार भएको भन्दै उहाँले सिङ्गो देश नै स्तब्ध भएको बताउनुभयो । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।