सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । आइतबार बहस नसकिएपछि यो विषयलाई हेर्दाहेर्दैमा राखिएको छ, साेमबार फेरि सुनुवाइ हुनेछ ।
आइतबारकाे बहसमा रिट निवेदकको तर्फबाट सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्ट सहभागी हुनुभएको थियो । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबारदेखि फेरि सुनुवाइ सुरु भएको हो ।
बहसमा रिट निवेदकका वकिलहरूले संसद् विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएको स्मरण गराउँदै छलफलको रेकर्ड मगाउन माग गर्नुभएको छ ।
यसअघि रिटमा सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्नेबारेमा मतभेद भए पनि सर्वोच्चले संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रश्मसेर जबरा, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट निवेदन परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।