च्याम्पियन्स ट्रफीकाे फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रि...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि भित्रिएकाे पुष्टि भएको छ । पुसको पहिलो हप्ता बेलायतबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण भएकाे पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
बेलायतबाट आएका ६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरूको नमुना जिन सिक्वेन्सिङ गर्न पुस २७ गते हङकङ प्रयोगशालामा पठाएकोमा उनीहरूमध्ये तीन जनामा कोरोनाको नयाँ प्रकार भएको पुष्टि भएको गौतमले जानकारी दिनुभयो ।
कोरोनाको नयाँ प्रकार देखिनेहरूमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुष रहेका छन् । लक्षण नदेखिएका उनीहरूमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको र एक जना आइसोलेशनमै रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।