च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ ।
पार्टीको विधान विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएको दाहाल–नेपाल समूहले पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको पत्र बालुवाटारमा बुझाएको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
दाहाल–नेपाल समूहको माघ २ गते बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार जानुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निवासको गेटमा रहेका सुरक्षाकर्मीहरूले पत्र बुझेका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।