इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – पछिल्लो आठ दिनदेखि लगातार बढिरहेको शेयर बजार मङ्गलबार भने घटेको छ ।
अघिल्लो मङ्गलबार २२ सय ५८ विन्दुमा रहेकाे नेप्से लगातार बढेर सोमबारसम्म २३ सय ३२ विन्दुमा पुगेको थियो । नेप्से मङ्गलबार पाँच दशमलव ५७ अङ्कले घटेर २३ सय २६ दशमलव ९० विन्दुमा झरेको छ ।
व्यापार फाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ । बैंक र जलविद्युत् समूहको शेयर आठ अङ्कले, होटल समूहको २६ अङ्कले, विकास बैंकको २४ अङ्कले, उत्पादनको ३९, निर्जीवन बीमाको १ सय २४ र अन्य समूहको शेयर २८ अङ्कले घटेको छ ।
मङ्गलबार दुई सय ६ कम्पनीका एक करोड ६३ लाख पाँच हजार कित्ता शेयर सात अर्ब ४६ करोड ७४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ९१ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सपाेर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै झण्डै आठ प्रतिशत गुमाएका छन् । समग्र बजार घटे पनि नेपाल फाइनान्स, प्रोगेसिभ फाइनान्स र गुराँस फाइनान्सका शेयर धनीले भने १० प्रतिशतका दरले कमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।