इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – गएको आर्थिक वर्ष झण्डै १३ अर्ब रुपैयाँ नाफा कमाएको नेपाल आयल निगमले कर्मचारीलाई ६ करोड रुपैयाँ बोनस बाँड्ने तयारी गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार निगमले १२ अर्ब ८७ करोड नाफा कमाएको थियो । नाफा कमाएको आर्थिक वर्षमा कर्मचारीलाई बोनस दिने प्रावधानअनुसार कर्मचारीलाई बोनस बाँड्न निगमले अर्थ मन्त्रालयको स्वीकृति मागेको छ ।
गएकाे आर्थिक वर्षको नाफा मध्येबाट झण्डै ६ करोड रुपैयाँ बोनस बाँड्ने प्रस्ताव निगमले अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको एक कर्मचारीले जानकारी दिएका छन् । पुसको दोस्रो हप्ता भएको सञ्चालक समितिको बैठकले बोनस वितरण गर्न अर्थ मन्त्रालयसँग स्वीकृति माग्ने निर्णय गरेको थियो ।
कर्मचारीको जिम्मेवारी हेरेर दुई महिना १५ दिन सम्मकाे तलब बराबरको रकम बोनस दिने तयारी भएको निगम स्रोतले जनाएको छ ।
निगमले स्वचालित मूल्य प्रणाली अपनाउँदै आएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढाउँदा नेपालमा पनि बढाउने र अन्तर्राष्ट्रिय बजारमा घट्दा यहाँ पनि घटाउँदै आएको निगमको दाबी छ ।
उपभोक्ताले भने सहुलियत दिनुको साटो वार्षिक १३ अर्ब रुपैयाँ नाफा कमाएर कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमको आलोचना गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।