अवैध १० जना नेपाली आप्रवासी लिएर अमेरिकी जहाज आज काठमाण्डौ ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका कार्यकारी आदेश जारी गर्नु भएको छ ।
उहाँले खोप अभियान र परीक्षणलाई बढाउने सम्बन्धी कार्यकारी आदेश जारी गर्नुभएको हो । राष्ट्रपति बाइडेनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका बीबीसीले जनाएको छ ।
मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने पनि कार्यकारी आदेशमा उल्लेख गरिएको छ ।
कोरोना नियन्त्रणका लागि १० वटा उपायहरूको घोषणा गर्दै बाइडेनले महामारी नियन्त्रण गर्न महिनौँ लाग्ने तर यदि मानिसहरू एकताबद्ध भए अमेरिकाले यसलाई परास्त गर्ने दाबी गर्नुभयो ।
यस्तै, उहाँले अबको एक सय दिनमा सुरक्षित तरिकाले विद्यालय खोल्ने, अनि रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्ने बताउनु भएको छ ।
अब अमेरिका जान चाहनेले त्यहाँ जानु अगावै कोरोना भाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्छ अनि त्यहाँ पुगेपछि १४ दिन स्वयम् क्वरेण्टीनमा रहनुपर्छ। सबै सङ्घीय परिसरमा मास्क तथा भौतिक दूरी अनिवार्य गरिएको बीबीसीले जनाएको छ ।
यसअघि ट्रम्प प्रशासनलाई महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोप लागेको थियो ।
ट्रम्प प्रशासनको नीतिभन्दा बेग्लै बाइडेन प्रशासनले महामारीसँग जुझ्न राज्यहरूमा भर पर्नुभन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।