अवैध १० जना नेपाली आप्रवासी लिएर अमेरिकी जहाज आज काठमाण्डौ ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ– प्रतिनिधिसभा विघटनको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको वृहत नागरिक आन्दोलनले आज पनि काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेको छ ।
लोकतन्त्रलाई समाप्त पार्नेगरी संसद विघटन भएको र यो निर्णय सच्याउनुपर्ने मागसहित विभिन्न अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका छन् । लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी, लेखक युग पाठकसहितका अभियन्ताले माइतीघरको सडकमा बसेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । वृहत नागरिक आन्दोलनले पर्सि सोमबार बालुवाटरमा मार्चपास गर्ने कार्यक्रम घोषणा गरेको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि वृहत नागरिक आन्दोलन बनाएर अभियन्ताहरुले विरोध गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।