इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ ।
मानव अधिकारको क्षेत्रमा उनको योगदानको सम्मान स्वरुप नोबेल पुरस्कार समेत दिइएको थियो । उनले सन् १९९७ देखि २००६ मा संयुक्त राष्ट्रसंघमा महासचिवको रुपमा काम गरेका थिए ।
उनले पछि सिरियामा भएको द्वन्द्व समाधान गर्न विशेष दूतको रुपमा काम गरेका थिए । अन्नान २००१ मा पहिलोपटक नेपाल आएका थिए ।
उनले तत्कालीन समयमा राजा वीरेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरेका थिए । उनले नेपालको शान्ति प्रकृयाको लागि विशेष पहल गरेका थिए ।
It is with immense sadness that the Annan family and the Kofi Annan Foundation announce that Kofi Annan, former Secretary General of the United Nations and Nobel Peace Laureate, passed away peacefully on Saturday 18th August after a short illness... pic.twitter.com/42nGOxmcPZ
— Kofi Annan (@KofiAnnan) August 18, 2018
घानामा जन्मेका अन्नान संयुक्त राष्ट्रसंघको कर्मचारीबाट महासचिवमा पुग्ने पहिलो व्यक्ति हुन् । उनका श्रीमती र तीन छोराछोरी रहेका छन् । उनको निधनमा कोफी अन्नान फउन्डेसनले विज्ञप्ति जारी गर्दै ‘ग्लोबल स्टेट्स्टम्यान’ गुमाएको जनाएको छ ।
अन्नानले एचआईभी एड्सको संक्रमण, इराक युद्ध तथा जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेका थिए । संयुक्त राष्ट्रसंघमा काम गर्ने उनी काला जातिका पहिलो व्यक्ति हुन् । उनी धनी परिवारमा हुर्केका व्यक्ति थिए । उनका हजुरबुबा राजनीतिक नेता थिए भने उनका बुबा प्रदेशको गर्भनर थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।