'भ्यालेन्टाइन डे' मा टाटाको स्पेशल अफर, ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रमकाे आयोजना

 माघ २९, २०७७ बिहीबार ८:२०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ्ग प्रालिले भ्यालेन्टाइन सप्ताह २०२१ को अवसरमा भ्यालेन्टाइन डे स्पेशल ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रमकाे याेजना ल्याएकाे छ ।

आउँदो माघ ३० देखि फागुन २ गतेसम्म (१२ फेब्रुअरी देखि १४ फेब्रुअरी, २०२१) सम्म  थापाथलीमा रहेको टाटा मोटर्सको शोरूममा यस कार्यक्रम आयाेजना हुने भएकाे हाे । ग्राहकरुले यस कार्यक्रममा सहभागी भएर नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीकाे अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको गाडी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रमलगायतका विशेष आकर्षक प्याकेजहरु समेटिएका छन् ।  

टाटा मोटर्सको शोरूम गएर नयाँ गाडी खरिद गर्दा आकर्षक अफर पाउन सकिने छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया