भोलि हुने उपचुनावको तयारी अन्तिम चरणमा
मंसिर १५, २०८१ शनिबार
बलिउड अभिनेत्री प्रियंका चोपडाले प्रेमी निक जोनसका साथ इन्गेजमेन्ट गरेकी छिन् ।
प्रियंकाको मुम्बइस्थित बंगलामा शनिबार हिन्दु रितिरिवाजका साथ इन्गेजमेन्ट भएको हो । अमेरिकी पप गायक निक जोनस उनको परिवारका साथ भारत आएका थिए । शनिबार बिहान नजिकका आफन्त र साथीभाइकाबीच इन्गेजमेन्टको कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीको कार्यक्रम भने शनिबार राति राखिएको छ । इन्गेजमेन्ट समारोहमा प्रियंका र निकका साथै उनीहरुका परिवारजन निकै खुशी देखिएका थिए । शनिबार प्रियंकाको घर अगाडि फ्यानहरुको घुइँचो लागेको थियो । प्रियंका र निकलाई शुभकामना दिनका लागि फ्यानहरु कुरेर बसेका थिए ।
इन्गेजमेन्ट हुनुभन्दा अगाडि प्रियंका चोपडाकी आमा मुधु चोपडाले उनको घरमा विशेष पूजा गराएकी थिइन ।
यो पूजा मंगल कामना तथा सुख शान्तिका लागि गरिएको थियो । पूजामा निक र प्रियंकाका साथै निकका आमाबूवा पनि सहभागी भएका थिए ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रियंका र उनकी आमा मधु चोपडा भारतका चर्चित फेशन डिजाइनर मनिष मल्होत्राले डिजाइन गरेको पहिरनमा सजिनेछन । शनिबार बिहान भएको इन्गेजमेन्ट कार्यक्रममा निक र प्रियंका भारतीय परम्पारिक पहिरनमा सजिएका थिए । साथै निकका आमाबुवाले पनि भारतीय पारम्पारिक पहिरन लगाएका थिए ।
शनिबार साँझबाट सुरु हुने पार्टीमा बलिउडका दिग्गज कलाकारदेखि भारतीय व्यापारी घरानाका व्यक्तिहरु उपस्थित हुनेछन । तर यस पार्टीमा सलमान खान, शाहरुख खान, अनुष्का शर्मालगायतका कलाकारहरु भने उपस्थित हुने छैनन् ।
साँझ आयोजित भव्य पार्टीमा उपस्थित पाहुना तथा निकको परिवारका लागि प्रियंका चोपडाको तर्फबाट विशेष परिकारको व्यवस्था गरिएको छ । खानाको मेन्युमा पन्जावी परिकार हुनेछ । जसमा दाल मख्खनी र बटर चिकेन विशेष हुनेछ ।
प्रियंका र निकको इन्गेजमेन्ट पार्टी मुम्बईको जुहुस्थित पाँचतारे होटलमा हुनेछ । जहाँ बलिउडकर्मीदेखि व्यापारी घरानाका व्यक्तिहरुले प्रियंका र निकलाई शुभकामना दिनेछन ।
बलिउडकी स्थापित अभिनेत्री प्रियंका चोपडाले सन् २०१६ देखि हलिउडको यात्रा सुरु गरेकी हुन् । अमेरिकाको चर्चित शो ‘क्वान्टिको’ बाट हलिउड यात्रा सुरु गरेकी प्रियंकालाई यस शोले एकाएक हलिउडमा स्थापित गराइदियो ।
उनी यसै शोका कारण अमेरिकामा रहँदै आएकी छिन् । प्रियंका र निकको भेट २ वर्ष अघि भएको थियो । त्यही बेलादेखि प्रियंका र निक एकअर्कालाई डेट गरिरहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।