रगतले रातो भयो यो सानो देशको समुद्र, किन ?

 भदौ ३, २०७५ आइतबार ९:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

स्कटल्याण्डबाट ३ सय २१ किलोमिटर टाढा उत्तरी भूभागमा रहेको फअरो आइसल्याण्डमा रहेको समुद्रको तस्बिर सबैलाई विचलित पार्ने किसिमको छ । समुद्र पुरै रगतले रातो भएको छ । समुद्रमा ह्वेल माछाको शिकार गरेपछि पानीमा रगत मिसिएकाले रातो भएको हो । 

यो तस्बिर सार्वजनिक भएपछि पशु अधिकारकर्मीले आपत्ति जनाएका छन् । माछा सामूहिक रुपमा एउटा खाल्डोमा जम्मा भएका बेला उनीहरुको हत्या गरिएको थियो ।

सरकारका अनुसार यो तस्बिर आइल्याण्ड अफ वेगरको जुलाई ३० तारिखको हो । जुन ह्वेलको हत्या गरिएको थियो त्यसलाई पाइलट ह्वेलको नामले चिनिन्थ्यो । यो द्वीपमा हरेक वर्ष गर्मी सिजनमा मानिसहरु शिकार गर्न आउने गर्छन् । यस प्रकारको शिकार यहाँका लागि वैध मानिने गरिएको छ । 

रगतले रातो भएको यस समुद्रको तस्बिरको सामाजिक सञ्जाल ट्वीटरमा अत्यधिक चर्चा भइरहेको छ । ब्रिटेनको एक ग्रुप ब्लू प्लानेट सासाइटीले यसको कडा निन्दा समेत गरेको छ ।

प्लेनेट सोसाइटीले फअरो आइसल्याण्डलाई अराजक देशको संज्ञा दिएको छ । यस ग्रुपले फअरो आइसल्याण्डलाई २१ औं शताब्दीमा समावेश हुन आवश्यक रहेको समेत बताएको छ ।

यो ग्रुपले आफ्नो ट्वीटमा लेखेको छ ‘यिनीहरुको मनमा आदर र सहानुभूति छैन । यो यिनीहरुका लागि मनोरञ्जन हो ।’

सरकारले पनि यो उनीहरुको जिवनको हिस्सा भएको बताएको छ । यहाँको सरकारले सीएनएनलाई दिएको बयानमा यो आरोप खारेज गरिएको छ कि ह्वेललाई कुनै अनुष्ठानका लागि मारिएको हो । 

पाइलट ह्वेलको मासु आइल्याण्डमा राष्ट्रिय भोजन जस्तै हो । सरकारका अनुसार उनको देशमा मानिसले पाइलट ह्वेलको मासु निकै सजिलै पाउने गर्छन् । एउटै ह्वेलमा कयौँ किलो मासु मिल्ने गर्छ । 

यस द्वीपमा प्रत्येक वर्ष सयौँ ह्वेल मारिने गरेका छन् । यो डेनमार्कको एक हिस्सा हो तर यसलाई एक अलग देशका रुपमा स्वायत्त मिलेको छ यसकारण यहाँ डेनमार्कको इयूको नियम लाग्दैन । सरकारको तथ्यांक अनुसार यस देशमा करिब ५० हजार मानिस बस्ने गरेका छन् । 

पाइलट ह्वेल लोप हुन लागेको माछा होइन । सन् २०१२ मा गरिएको अध्ययन अनुसार फअरो आइसल्याण्डमा पाइलट ह्वेल मार्दा यसको अस्तित्व अहिले नै संकटमा रहेको छैन । 

–बीबीसी हिन्दीबाट 
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया