दोभान आगलागी : ५० घर जलेर नष्ट, अझै नियन्त्रणमा आएन आगाे

 फागुन १८, २०७७ मंगलबार १३:४७:५१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका अन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएका छन् ।  

आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेका स्थानीयले बताएका छन् । 

बस्तीमा लागेकाे आगो केही नियन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगाे लाग्नथालेपछि खतरा झनै बढेकाे प्रहरीले जनाएकाे छ । अहिले बजारकाे बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ । 

स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भएर आगाे लाग्न सुरु भएकाे स्थानीय हरि काफ्लेले बताउनुभयो । आज बिहानदेखि लाग्न थालेकाे आगाे करिब १२ बजेदेखि केही हदसम्म नियन्त्रणमा लिइएकाे छ । 

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतकाे उपस्थितिमा आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ । आगो भित्रभित्रै बलि रहेकाले अझै सल्कने सम्भावना रहेको प्रहरीले जानकारी दिएकाे छ।

दोभानमा करिब एक सय बढी घरहरु रहेका छन् । आगलागीबाट भएकाे नाेक्सानीकाे वास्तविक तथ्याङ्क आउन धरै समय लाग्ने जिल्ला प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले बताउनुभयो। 

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया