सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीक...
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी – गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्रबाट जीप र मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका ७ का २३ वर्षीय सन्दीप चुँदारा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
तम्घास बजारमा घर अगाडि पार्किङ गरिराखेको जीप र मोटरसाइकल चोरी गरेको आरोपमा चुँदारलाई प्रहरीले पक्राउ गरी मङ्गलबार पत्रकार सम्मेलमार्फत सार्वजनिक गरेको हो । तम्घास बजारमा मेटल वर्कशपमा काम गर्दै आएका चुँदाराले यही फागुन १८ गते राति रेसुङ्गा नगरपालिका १ आदर्श पथमा पार्किङ गरी राखेको केशव अधिकारीको लु१च ६१६४ नम्बरको जीप चोरी गरी गुल्मीकै सत्यवती गाउँपालिकाको उर्लीखोलामा पुर्याएका थिए ।
त्यसैगरी फागुन २२ गते चुँदाराले रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गामा पार्किङ गरी राखेको लु५७प ४५५ नम्बरको मोटरसाइकल र त्यही दिन राति मिलनचोकको अमित होटल अगाडि कमल क्षेत्रीले पार्किङ्ग गरी राखेको बा ७४ प ९३९० नम्बरको मोटरसाइकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सदरमुकाम तम्घासको मुख्य बजारबाट पटक–पटक गाडी तथा मोटरसाइकल चोरीका घटनाले स्थानीय र बजारवासी त्रसित बनेका थिए भने सुरक्षा निकायलाई पनि थप चुनौती थपिएको थियो । प्रहरीले चोरी भएका सबै सवारीसाधन फेला पारेपछि सम्बन्धित सवारी धनीलाई बुझाइसकेको छ । चोरी घटनामा संलग्न व्यक्तिलाई प्रहरीले गुल्मी जिल्ला अदालतबाट मङ्गलवार म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।
चुँदाराले पेचकसको सहायताले गाडी स्टार्ट गरी लैजाने र स्टार्ट बन्द भएपछि बीच बाटोमा छाडेर घर फर्कने गरेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।