बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
काठमाडाैं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति ललितपुरको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ललितपुरको ग्वार्कोमा रहेको न्यू इन्द्रावती दोहोरी घरको सभा कक्षमा सम्पन्न भएको साधारण सभामा लोक दोहोरीका अग्रजले आफ्नो भाषा तथा सँकृतिको जर्गेनामा प्रतिबद्ध भएको बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभाले समितिका सचिव सुजन बराइलीमार्फत प्रस्तुत भएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष तोलाचन्द ठकुरीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन २०७४ र ०७५ सर्वसम्मत पारित गरेको छ । संस्थाको २०७४ र ०७५ आम्दानी कुल एक लाख ४६ हजार ३ सय ७० रहेको छ भने खर्च ५९ हजार ४० रुपैया रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साधारण सभाको अवसरमा प्रतिष्ठानले गीत संगीत क्षेत्रमा योगदान पुर्याउने कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान समेत गरेको थियो । साधारण सभाको अवसरमा प्रतिष्ठानले गितसंगित क्षेत्रमा योगदान पुर्याउने कलाकर्मी तथा सञ्चारकर्मीलाई समेत सम्मान गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।