जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
धनुषा – सामाजिक परिचालकहरुले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् ।
गएको असारदेखि कामबाट निकालिएका समाजिक परिचालकहरुले दुई बुँदे मागसहित सोमबार दुई घण्टा मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गरेका हुन् । नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई अहिलेलाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्नेसहितको दुई बुँदे माग राख्दै समाजिक परिचालकहरु एकसातादेखि आन्दोलनमा उत्रेका छन् ।
उनीहरु जनकपुरको पीडारीचोकबाट बिहान साढे ९ बजे जुलुस निकाल्दै प्रदेश २ सरकारको कार्यालय अगाडि मुलगेटमै पुगेर बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म घेराउ गरेका हुन् । विभिन्न नारा लेखिएको ब्यानर र प्लेकार्डसहित समाजिक परिचालकहरु कार्यालय अगाडि नराबाजी र प्रदर्शन समेत गरेका छन् ।
गएको साउन २६ गते जनकपुरमा पत्रकार सम्मेलन गरी नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं. २ ले आफ्नो मागप्रति प्रदेश सरकार र संघीय सरकार उदासिन रहेको भन्दै सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
गएको असारमा कामबाट निकालिएका प्रदेश २ का ८ सय ५४ जना समाजिक परिचालकहरु पुनर बहालीको माग गर्दे साउन २७ गतेदेखि जनकपुरमा सरकार विरुद्ध आन्दोनल गर्दै आएका छन् । लामो सयम थोरै तलबभत्तामा भए पनि नागरिकको सेवा गरेको तर सरकारले कामबाट हटाउँदा उमेर हदलगायतका विभिन्न कारण रोजगारी पाउन समस्या भएकाले माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने समाजिक परिचालक संघ प्रदेश २ का अध्यक्ष शिवशंकर मेहताले बताउनुभयो ।
सडक संघर्षबाट आफुहरुको माग सम्बोधन नभए मुख्यमन्त्रीको कार्यालय अगाडि नै आफूहरु आमरण अनशन बस्ने समाजिक परिचालकहरुले चेतावनी समेत दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।